४ बैशाख २०८१, मंगलवार
Follow Us

गल्कोट घुम्टे महोत्सवलाई सफल बनाउन बागलुङमा मोटरसाइकल ¥याली

sarusaru
३ मंसिर २०७६, मंगलवार ०३:२५

गल्कोट घुम्टे महोत्सव २०७६ लाई लक्षित गरेर जिल्ला पर्यटन विकास समिति बागलुङले मोटरसाईकल ¥याली सम्पन्न गरेको छ । गल्कोट महोत्सवको सफलताको कामना संगै जिल्लाको प्रचार प्रसार र पयटर्न भित्राउने उदेश्यले मोटरसाईकल ¥याली सम्पन्न गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले जानकारी दिए । गल्कोट लगायत समग्र जिल्लाको पहिचान र तथा पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नका लागि गल्कोट महोत्सव महत्वपुर्ण बन्ने बताउदै अध्यक्ष खड्काले त्यसको लागि गल्कोट महोत्सवलाई सबैले भरपुर उपयोग गर्न आग्रह गरे ।
बागलुङ बजार समीक्षालय चोकबाट शुरु भएको र्यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी सोही स्थानमा गएर समापन भएको थियो । गल्कोट घुम्टे महोन्सव घुम्टे पर्यटन विकास केन्द्रको आयोजना तथा जिल्ला पर्यटन विकास समितिको सहआयोजनामा यहि मंसिर ४ गते देखी ११ गते सम्म संचालन हुदैछ । महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

जनमञ्च