१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोरु काटेको आरोपमा बागलुङमा चार पक्राउ

sarusaru
३ मंसिर २०७६, मंगलवार ०३:२८

गोरु काटेर खाएको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका १ पालाका चार जनाले पालाकै चिहानडाँडामा गोरु काटेर खाएको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४७ बर्षका यामबहादुर सार्की, २९ बर्षिय रेशम सार्की, २४ बर्षिय आइते किसान र १८ बर्षिय रबि किसान पक्राउ परेका हुन् । उनीहरुको साथबाट गोरु काट्नका लागि प्रयोग भएका बन्चरो र दाउ पनि बरामद गरेको प्रहरी नायव उपरिक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । उनीहरुलाई पशुबध सम्बन्धी कसुरमा मुद्दा चलाईनेछ । गाई गोरु मार्न र काट्न कानूनले निशेध गरेको छ । घटना बारे थप अनुसन्धान भैरहेको छ ।
जनमञ्च