१३ बैशाख २०८१, बिहीबार
Follow Us

भिडियोमै हेर्नुहोस् “यूके डान्स अफ” को टप टेन डान्स्

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार १७:४२

लन्डन । सपन इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको “यूके डान्स अफ” को लागि गत शनिबारका दिन अल्डरसटको प्रिन्सेस हलमा अडिशन कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर २७ तारिखका दिन हुन् गइरहेको ग्राण्ड फिनालेका लागि १५ सहभागीहरुमध्यबाट टप टेनको छनौट गरिएको छ । टप टेन हुनेहरुको नृत्यलाई युट्युबमा राखिनेछ र त्यसबाट २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक समितिबाट ५० प्रतिशत अंक प्रदान गरिनेछ ।

टप टेनमा पर्नेहरुमा आर्टिष्ट कल्चर ग्रूप, सविता एण्ड ग्रूप, जेनी सुनुवार, काजल गुरुङ, रीचा एण्ड स्नेहा, पुनम गुरुङ,श्रद्दा, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामांग रहेका छन् । सन् २००८ मा सपन इन्टरटेन्मेन्ट लिमिटेडले ‘ट्यालेन्ट हट’ गरेपछि करिब ८ वर्षको अन्तरालमा परिमार्जित रुपमा “यूके डान्स अफ” को आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेकी छिन ।