८ बैशाख २०८१, शनिबार
Follow Us

न्यायाधीश बन्ने पूजाको सपना

nepalbritain news
५ मंसिर २०७६, बिहीबार ०१:२८

काठमाडौँ  । राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्त) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहन्नन्।
विसं २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन सदरमुकाम झरेकी पूजामाथि भएको सामूहिक बलात्कारको घटनालाई जतिसुकै बिर्सन खोजे पनि न्यायको चेतनाले भने उनलाई बारम्बार झस्काइरह्यो ।

त्यही चेतनाले बारम्बार झस्काएकै कारण पीडित पूजाले आठ वर्षपछि न्याय पाएकी छन् । सर्वोच्च अदालतले पूजामाथि भएको पाशविक र पीडादायी अपराधमा संलग्न अभियुक्तलाई दोषी ठहर गरी ११ वर्ष कैद र १० लाख रुपियाँ क्षतिपूर्ति सजाय सुनाएको छ । तर अपराधी अझै फरार छन् ।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्ला अदालत बैतडीको फैसला उल्ट्याउँदै सामूहिक बलात्कार अपराधमा संलग्न सागर भट्ट र अमर अवस्थीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।
आजको गोरखापत्रमा पूजा न्यायाधीश बन्ने अठोटका साथ लागिपरेको समाचार छापिएको छ।