१३ बैशाख २०८१, बिहीबार
Follow Us

कर दिवसमा सिद्धार्थशमशेर सम्मानित

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७३, बुधबार ०६:०८

काठमाडौं । ‘गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर’ भन्ने नारासहित आज पाचौं राष्ट्रिय कर दिवस मनाइँदै छ । दिवसको अवसरमा विहान आन्तरिक राजस्व विभाग लाजिम्पाटबाट प्रभातफेरी निकालिएको छ । दिवसकै अवसरमा काठमाडौंको प्रज्ञा भवनमा उत्कृष्ट करदातालाई पुरस्कृत गरियो । मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर एक गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको हो । विभागले ३० जिल्लामा ४९ कार्यालयमार्फत सेवा दिँदै आएको छ । गतवर्ष ४ खर्ब ७५ अर्ब राजश्व संकलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब संकलनको लक्ष्य राखेको छ । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्णबहादुर महराले शुभकामना दिएका छन ।
व्यक्तिगतरुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् ।
व्यक्तिगतरुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् । उनी सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष हुन् । आन्तरिक राजस्व विभागले आज राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदाताहरुलाई समान गरे ।