१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालका भारु नोट अलपत्र

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७३, बुधबार ०६:१०

काठमाडौं । भारत सरकारले नोभेम्बर ९ तारिखदेखि एक हजार र पाँच सयका नोट सटहीमा रोक लगाएपछि नेपालमा यसको प्रत्यक्ष असर परेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले एभिन्यूज खबरसँग प्रतिक्रिया दिँदै पछिल्लो समय सञ्चारमाध्यममा भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैंकले रकम सटहीका लागि गरेको अनुरोध अस्वीकार्य गरेको भन्ने खबरको खण्डन गरेका छन् । उनले भारतीय रिजर्भ बैंकले यस विषयमा कुनै पत्र नपठाएको बताए ।
सहप्रवक्ता पण्डितले भारत सरकारले कालो धन मास्न अभियान चलाएकाले भारतीय रिजर्भ बैंकले रकम सटही गर्न रोकेपछि सबै नोट कागजी खोस्टा हुने दाबी गरे । उनले सटहीको आशा भने जीवितै रहेको बताए ।