७ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्यामिर खाने क्रममा मृत्यु

sarusaru
५ मंसिर २०७६, बिहीबार ०६:३९

विराटनगर : ज्यामिर खाने क्रममा केस्रा (चानो) घाँटीमा अड्किएर मोरङको कानेपोखरी गाउँपालिका–५ जहदामा एक जनाको मृत्यु भएको छ। ६५ वर्षीय राजकुमार राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

उनका अनुसार छिमेकी रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा त्यसको केस्रा अचानक घाँटीमा अड्किएको थियो। त्यहाँ रहेकाहरुले घाँटीबाट केस्राबाहिर निकाल्ने प्रयास गरे पनि सम्भव नभएको र अड्किएको केही समयमै श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको अधिकारीले बताए।

शव पोस्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ। डीएसपी अधिकारीले शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको बताउँदै घटनाको अनुसन्धान थालिएको जानकारी दिए।
अन्नपूर्ण पोष्ट