८ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपा अध्यक्ष थापा अमेरिकामा, विविध कार्यक्रममा सहभागी हुँदै

sarusaru
६ मंसिर २०७६, शुक्रबार ०४:१०

काठमाडाैं। विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा त्यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन्।

अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्ने भएका भएका छन्। अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशन हुँदैछ।

यसैगरी अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासको ड्यालसमा आयोजना गरिएको नेपाली समुदायलाई सम्बोधन र अन्तरक्रियामा सहभागी हुनेछन्। अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागीता जनाउँदै महत्त्वपूर्ण सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ।

थापाले सम्मेलनमा पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने र सो कार्यक्रममा पार्टीका सहायक महामन्त्री एवं प्रवास संघका प्रमुख प्रेमकुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष लोकनाथ तिवारीले सहभागीता जनाउने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।
डिसी नेपाल