१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मिस नेपाल अनुष्का र एनआरएनएबीच सात बुँदे समझदारी

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७६, शुक्रबार १२:२८

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) र मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनआरएनए सचिवालयमा एक कार्यक्रमकाबीच दुवै पक्षबीच ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा मिस नेपाल अनुष्काले संसारभर रहेका महिला तथा युवाहरुको कार्यक्रम प्रवर्धन गर्ने र एनआरएनले आफनो सञ्जालमार्फत अनुष्कालाई सहयोग गर्ने गरि समझदारी भएको छ । एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अनुष्कालाई सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, प्रवक्ता डिवी क्षेत्री, एनआरएनए कार्यालय प्रमुख हेमन्त दवाडी, मध्य पूर्वका उपसंयोजक मनोज गोर्खाली, भूतपूर्व डिआरसी धर्मराज गिरी र मिग्मार तामाङलगायतको सहभागिता थियो ।

मिस नेपाल २०१९ अनुष्का मिस वर्ल्डमा भाग लिन बुधबार लण्डन जाने कार्यक्रम छ । बेलायत जानुपूर्व सो समझदारी भएसँगै विश्वभरिका गैर आवासीय नेपाली संघका शाखालाई मिस वर्ल्डमा अनुष्कालाई जिताउन सक्दो सहयोगको लागि सर्कुलर गरिने भएको छ । लण्डनमा आगामी डिसेम्बर १४ तारिख मिस वर्ल्ड प्रतियोगिता हुँदैछ ।

अनुष्कालाई मल्टीमिडिया अवार्ड जित्न ‘लाईक’ आवश्यक पर्छ । जसको लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । हरेक फोटोको एक लाईक एक भोट हुनेछ ।