६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल भ्रमणवर्ष २०२० को अवसर पारेर स्पेनका उच्चपदस्थ नेपाल भ्रमणमा आउने

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७६, शुक्रबार १२:३०

स्पेन । स्पेनका उच्च पदस्थहरु नेपाल भ्रमण वर्ष २०२० का अवसमा नेपाल भ्रमणमा आउने भएका छन् ।
स्पेनको Extremadura का मुख्यमन्त्री Guillermo Fernández Vara र Luís Salaya Julián (Alcalde de Caceres) नेपाल भ्रमण वर्षको सुरुवातमा (जनवरी पहिलो हप्ता) नेपाल भ्रमणमा आउने भएका हुन् । उनीहरुको यो भ्रमणले नेपाल भ्रमण वर्ष २०२० का लागि ठूलो टेवा पुग्ने विस्वास स्पेनका नेपालीले गरेका छन् ।

उनीहरुको उक्त भ्रमणले विशेष गरेर बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद लगायतका क्षेत्रमा सहकार्य तथा समग्र नेपालको पर्यटन र खेलकुद (फुटवल) क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने लुम्बिनी गार्डेन फाउन्डेशन स्पेनले जनाएको छ ।

स्पेनको अहिलेको रुलिङ पार्टी र नोभेम्बर १०, २०१९ को केन्द्रीय सरकारको लागि भएको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी भएर पुन : सरकार बनाउने तयारीमा जुटेको पार्टीका शिर्ष नेता एवं स्पेनिश प्रधानमन्त्री Pedro Sanchez का विस्वासिला पात्र समेत रहेका मुख्यमन्त्री Guillermo Fernández Vara को नेपाल भ्रमणले स्पेन र नेपालको सम्बन्ध बलियो हुने विस्वास समेत गरिएको छ ।

धेरै लामो समय पश्चात यस्तो उच्चस्तरीय भ्रमण हुन लागेको बताउँदै विश्व सम्पदा सूचीमा सुचिकृत (काथेरेस) शहरमा बुद्ध स्तुपा निर्माण गर्ने लुम्बिनी गार्डेन फाउन्डेशनको पहललाई Extremadura का मुख्यमन्त्री र Caceres मेयरले सकारात्मक रुपमा लिएर उक्त प्रोजेक्ट अध्ययन गरिरहेको समेत स्पेनका लागि नेपाली पर्यटन दूत तथा लुम्बिनी फाउन्डेशनका एकराज गिरीले संसारन्युजलाई जानकारी दिएका छन् ।