१४ बैशाख २०८१, शुक्रबार
Follow Us

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग एनआरएनए प्रतिनिधीमण्डलको भेट

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७६, शुक्रबार १२:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधीमण्डले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग भेटवार्ता गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रवार गएको प्रतिनिधीमण्डलले वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोष, नेपालमा लगानी, नागरिकता विधेयक लगायतको विषयमा छलफल गरेको थियो

अध्यक्ष पन्तका अनुसार वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा जम्मा गर्न गैरआवासीय नेपाली संघले राखेको प्रस्ताव प्रति मन्त्री ज्ञवाली सकरात्मक देखिएका थिए ।

यस्तै पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु १० अर्बको लगानी भित्र्याउने अभियानमा सरकारले थप सहजीकरण गर्ने भएको छ ।

भेटमा एनआरएनमैत्री व्यवस्थासहित नागरिकता विधेयक संसदीय समितिबाट यथाशीघ्र टुंगो लगाउन सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता मन्त्री ज्ञवालीले गरेका थिए ।
एनआरएन विश्व ज्ञान सीप सम्मेलनमा मन्त्री ज्ञवालीले विशेष चासो व्यक्त गर्दै पहिलो विज्ञ सम्मेलन मौलिक र स्तरीय भएकोमा प्रसन्नता व्यक्त
गरेका थिए ।

ज्ञवालीले दोस्रो विज्ञ सम्मेलनका सहकार्य गर्नका लागि सरकार आतुर रहेको बताउँदै त्यसको तयारीमा जुट्न आग्रह गरेका थिए ।
भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष अर्जुन श्रेष्ठ, प्रवक्ता डीबी क्षेत्री, पूर्व एनआरएन रामेश्वर शाह लगायतको उपस्थिती थियो ।