१३ बैशाख २०८१, बिहीबार
Follow Us

एउटै विवाहमा आठ अर्ब रुपैयाँ खर्च

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७३, बुधबार ०७:२७

जहाँ पैसा साट्न बैंकमा लाइन बस्नुपर्छ, त्यही देशमा एउटा अभिजात वर्गले आफ्नी छोरीको विवाहमा पाँच अर्ब भारतीय रुपैयाँ खर्च गर्दैछ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । व्यवसायी तथा पूर्वमन्त्री जी जनार्दन रेड्डीले आफ्नो छोरी ब्रह्माणीको पाँच दिनसम्म चल्ने विवाहमा पाँच अर्ब रुपैयाँ खर्च गर्दैछन् । यो रुपैयाँ नेपालीमा रुपान्तर गर्दा ८ अर्ब रुपैयाँ हुन्छ । यति पैसाले नेपालमा २० मेगावट विजुली उत्पादन हुन्छ ।
सुनपानीको निमन्त्रणा र बलिउडका कलाकारको प्रदर्शनीले विवाहलाई विवादमा ल्याइदिएको छ । आलोचकहरुले यसलाई पैसाको लाजमर्दो खर्च भनेका छन् । हालै भारत सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्द लगाएको छ । यसको प्रभाव जनतामा स्पष्ट देखिएको छ । भारतीय जनतालाई पैसा जम्मा गर्न र प्रतिबन्दित नोट साट्न लामो लाइन बस्नुपर्ने अवस्था छ ।
विवाहका लागि रेड्डीले बंगलोर र सिंगापुरमा रहेको सम्पत्ति धरौटी राखिएको छ । त्यसको भुक्तानी पनि ६ महिना अगाडि नै गरिएको थियो । अहिले विवाहको तयारी भइरहेको छ ।
भारतीय जनता पार्टीका पूर्व मन्त्री रेड्डी भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल जीवन बिताइसकेका व्यक्ति हुन् । उनी गत वर्ष धरौटीमा रिहा भएका थिए ।
बैंगलोर प्यालेसमा विवाह समारोह तयारी भइरहेको छ । विवाह समारोह बनाउनका लागि मात्र आठ जना बलिउडका निर्देशकलाई बोलाइएको थियो ।
विवाहको कूल खर्च : ५०० करोड रुपैयाँ
सुनपानीको निमन्त्रणा कार्ड, जसमा एलसीडी स्क्रिन राखिएको छ : १ करोड रुपैयाँ
बेहुलीको साडी : १७ करोड रुपैयाँ
बेहुलीको आभूषण : ९० करोड रुपैयाँ
३ हजार बाउन्सर र ३ सय प्रहरी ड्युटीमा रहने छन् । खोजी गर्ने कुकुर र बम निरोधक दस्ता पनि सामेल हुनेछ ।
– बीबीसी