१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाघको छालासहित ६ जना पक्राउ

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७६, आईतवार १३:२४

धादिङ । धादिङ प्रहरीले पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ।

गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे भन्ने ठाउँबाट गोही गाउँपालिका वडा नम्बर ३ का भाईराम प्रजा, राजेन्द्र तामाङ, ज्ञान बहादुर बिक, आशिष तामाङ तथाबेनिघाट रोराङ गाउँपालिका २ का सन्त तामाङ र राज कुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राई र ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
मोटरसाईकलमा सवार ६ जना व्यक्तिहरुलाई प्रहरीले खानतलासी गर्दा बा १८ प ९६९३ नम्बरको मोटरसाईकल चालक प्रजा पछाडी सवार राजेन्द्र तामाङले बोकेको झोलाभित्र ७ फिट २ ईन्च लम्बाई‚ १ फिट ३ ईन्च चौडाई भएको पाटे बाघको छाला थान १ फेला परेको थियो । त्यसपछि अन्य ४ जनाको पनि संलग्नता रहेको खुलेपछि उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको छ।