१५ बैशाख २०८१, शनिबार
Follow Us

भवन भट्टलाई एनआरएनएले तोक्यो नेपाल भ्रमण वर्ष २०२० को संयोजक

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७६, आईतवार १३:४३

लण्डन । गैरआवासीय नेपाली संघले नेपाल भ्रमण वर्ष २०२० को लागि संयोजकमा निर्वतमान अध्यक्ष भवन भट्टलाई चयन गरेको छ ।
गैरआवासीय नेपाली संघको हालै काठमाण्डौंमा सम्पन्न नयाँ कार्यसमितिको बैठकले भट्टलाई संयोजकको जिम्मेवारी दिएको हो ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि उनको संयोजकत्वमा एक समिति गठन गरेको संघका महासचिव डा. हेम राज शर्माले जनाए ।
सरकारले गतवर्ष घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष लिएको छ । संघले आफ्ना शाखा मार्फत विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको छ ।