१९ बैशाख २०८१, बुधबार
Follow Us

१० करोडको लगानीमा नेपालीले संचालन गरे बेलायतमा ओरियन्टल सुपर मार्केट

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७६, आईतवार १४:१०

लण्डन। बेलायतस्थित गैरआवासीय नेपालीहरुको लगानीमा अल्डरसट टाउनमा चाईना ओरियन्टल सुपर मार्केटले आफ्नो सेवा दिन सुरु गरेको छ ।

आइतवार देखि सुरु गरिएको सो मार्केटमा बिशेष गरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्याण्ड, मेलिशियन, इन्डोनेशियन, इन्डियन लगायत साउथ एशियनसंग सम्बन्धित सामानहरु थोक तथा खुद्रा सामान बिक्री हुने वताएको छ ।

सो सुपरमार्केटमा कमल गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, राजु घले, अनिल प्रधान, राजेन्द्र श्रेष्ठ लगायतको समुहको लगानी रहेको छ । लगानीकर्ता मध्यका एक मुछेत्र गुरुङका अनुसार ७ लाख पाउण्ड (१० करोड रुपैयाँ) भन्दा बढी लगानीमा सो सुपर मार्केट संचालनमा आएको हो ।

सुपर मार्केटको विधिवत उद्घाटन समारोहमा स्थानीय रस्मुर बरो काउन्सिल मेयर, काउन्सिलर लिडर, काउन्सिलर, एनआरएनए युके अध्यक्ष पुनम गुरुङ लगायत स्थानीय नेपाली संघसंस्थाका पदाधिकारीहरुको बिशेष उपस्थिति रहने थियो ।

अल्डरक्षेत्रमा २० हजार भन्दा बढी नेपाली समुदायले बसोबास गर्दै आएको अनुमान गरिएको छ । सुपरमार्केट संचालन पछि नेपाली समुदाय पूर्ण रुपमा लाभान्दित हुने ग्रेटर रसमोर नेपाली समाजका निवर्तमान अध्यक्ष जीव बेलवासेले जनाए ।