७ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्खास्तीमा परेका मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिस्कार

nepalbritain news
९ मंसिर २०७६, सोमबार ०१:३०

बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार गरेका छन् ।
बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर, बर्खास्तीमा परेकामध्ये रघुवीर महासेठबाहेक अरु गएनन् । ‘शनिबार प्रधानमन्त्री निवासबाट केही निम्तो आएको थियो ?’ भन्ने प्रश्नमा पूर्व मन्त्री थममाया थापाले अनौपचारिक रुपमा खबर आए पनि आफू सामान मिलाउनमै व्यस्त रहेकाले प्रधानमन्त्रीको निम्तो मान्न नसकेको जानकारी दिइन् । त्यस्तै, पूर्वमन्त्री लालबाबु पण्डितले पनि आफू थप एक–दुई दिन व्यस्त रहने प्रतिक्रिया दिए ।

‘प्रधानमन्त्री कार्यालयबाट आएको निम्तोबारे मलाई थाहा छैन,’ उनले भने, ‘म दुई दिन जति कोठा मिलाउने काममै व्यस्त हुन्छु ।’ थापा र पण्डित मात्र होइन, रघुवीर महासेठबाहेक बर्खास्तीमा परेका मन्त्री पनि रात्रिभोजमा अनुपस्थित रहे । तिनैमध्ये एक पूर्वमन्त्रीले आत्मसम्मानका लागि राजनीति गर्नेहरुलाई खान बोलाएर फकाउन खोज्नुको अर्थ नहुने प्रक्रिया दिए ।