१२ बैशाख २०८१, बुधबार
Follow Us

गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी फन्दामा

nepalbritain news
९ मंसिर २०७६, सोमबार ०१:३६

कुटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृहमन्त्रालयले छानबिन थालेको समाचार छ ।
डिआइजी श्रेष्ठ गत मंसिर ६ गते दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृहमन्त्रालय स्रोत बताउँछ । यस विषयमा आइतबार गृहमन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ । सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन सुरु भएको पुष्टि गरे ।नयाँ पत्रिका दैनिकमा खबर छ ।