६ बैशाख २०८१, बिहीबार
Follow Us

कोलोराडोमा लङमन्ट लायन्सद्धारा घरबार बिहिनलाई नेपाली खाना वितरण

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७६, सोमबार ०३:५४

नातिबाबु भट्ट । अमेरीकी चार्ड थ्याङक्स् गिभिङको उपलक्ष्यमा कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना बितरण गरिएको छ ।
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा सय जना भन्दा बढि घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल,भात, तरकारी र खीर स्वाद लिई खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट भित्र पस्दा ओ स्मेल गुड भन्दै पसेका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता गरेको थियो ।
आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १.३० बजे सम्म संचालन भएको थियो । खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरिएका थिए ।
खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी, लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, आवर सेन्टरका कर्मचारी बिल्ली, भिला, लङमन्ट लियो क्लबका पदाधिकारी, समाजसेवी, पत्रकार लगायत बिभिन्न १८ जनाले सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका लायन्स क्लवका अध्यक्ष जोशन श्रेष्ठले बताएका छन् ।
झण्डै ४ अगाडी नेपालीको सकृयतामा खोलिएको लायन्स क्लबले नेपाली नयां बर्ष तथा अमेरिकी चार्ड थ्याङक्स् गिभिङकाे अवसरमा घरवार बिहिन स्थानीयहरुलाई नेपाली खाना बितरण लगायत बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।