१५ चैत्र २०८०, बिहीबार
Follow Us

तस्वीरमा हेर्नुहोस् एनआरएन लाप्राकबस्ती, अध्यक्ष पन्तको बासै लाप्राकमा

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७६, सोमबार ०४:१४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मेगा प्रोजेक्टको रुपमा सञ्चालीत लाप्राक नमूना बस्तीको निर्माण कार्य मंसिर महिनाभित्रै सम्पन्न हुने भएको छ । प्रोजेक्ट मंसिर महिनाभित्रै सम्पन्न गर्न गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लाप्राकमै बसेर निर्माण कार्यलाई तीब्रता दिइरहेका छन् ।
लाप्राकमा एनआरएनएको तर्फबाट गर्नुपर्ने निर्माणको सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष पन्तले जनाए । यसअघि स्थानीयले सम्झौता अनुसार काम नगर्दा निर्माण कार्य लब्बिएको थियो । पन्त एनआरएनएको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो मिसनका साथ लाप्राक नमूना बस्तीको निर्माण कार्य चाँडो भन्दा चाँडो सम्पन्न गर्न लाप्राकमा खटिका हुन् ।

एनआरएनएले लाप्राक नमुना बस्तीलाई अलपत्र छाड्यो भन्ने चर्चा चले पछि पन्तले सकृयता देखाएका हुन् । अध्यक्ष पन्तले शूरुवात चरणमा गोरखा जिल्लामा कार्यरत स्थानीय सञ्चारकर्मीसँग जिल्लास्तरमा लाप्राकको विषयमा उठेको प्रश्न र एनआरएनएप्रतिको भ्रम चिर्ने प्रयास गरेका थिए ।

पन्तले लगतै गोरखाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुखसँग छुट्टाछट्टै छलफल गरेका छन् । पन्तले सञ्चारकर्मी, नेपाली सेना, प्रजिअको राय सुझाव लिएपछि लाप्राकका लाभग्राहीसहित स्थानीय धार्चे गाउँपालिका प्रमुख, जिल्ला वन कार्यालय प्रमुख, वडाध्यक्षलगायत लाप्राक पोजेक्टमा जोडिएका सम्बन्धीत सरोकारवाला निकायसँग बसेर बृहत्त अन्तरकृया समेत गरे ।

पन्तका अनुसार स्थानीय आफैले सम्झौता अनुसार आफूहरुले काम नगरेको र आपनो पक्षबाट पनि धेरै कमजोरी भएको भन्दै अब जंगलबाट काठ ल्याउने विषयमा सहमत हुँदै अबको १५ दिनभित्र शौचालय सहित जंगलबाट काठ ल्याएर घरको पार्टेसन गरि मंसिरभित्रै निर्माण सम्पन्न गरिने भएको छ ।

लाप्राक नमुना बस्ती निर्माणमा वर्षको पाँच महिना भन्दा बढी काम गर्न नसकिने, पहिरो र गाह्रो बाटो लगायतको प्रतिकूल समस्याले केहि ढिलाई हुन गए पनि मिडियामा आएजस्तै एनआरएनएले लाप्राक प्रोजेक्ट अलपत्र छाडेर गयो भन्ने हल्ला साँच्चो नभएको पन्तले स्पष्ट पारे ।

मंसिरभित्र निर्माण सम्पन्न गरि आगामी भूकम्प दिवसको दिन राष्ट्रपतीबाट हस्तान्तरण गर्ने तयारी गैरआवासीय नेपाली संघले गरेको छ ।