४ बैशाख २०८१, मंगलवार
Follow Us

उपत्यकामा हर्न कारवाहीः एकैदिन १८८ सवारीसाधन कारवाहीमा

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७६, सोमबार १५:४०

काठमाडौँ – ट्राफिक प्रहरीले राजधानीमा जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले सोमबार मात्र १८८ सवारीसाधनलाई कारवाही गरेको जनाएको छ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकाले जानकारी दिए ।

ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भिर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने खतरानाक मोड तथा चोकमा हर्न पूर्णरुपमा निषेध गरिएको पनि जानकारी दिए ।

महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको छ ।