१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एकीकरणका लागि दुई पार्टीको संयुक्त बैठक

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७३, बुधबार १०:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको संयुक्त बैठकले दुबै पार्टीका एकीकरणका लागि यही मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ ।

धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२-१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०-१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ ।

त्यसैगरी एकीकरणपछि दुबै पार्टी एक भएको सूचना निर्वाचन आयोगमा दिने बारेमा समेत छलफल गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा राप्रपा नेपालका नेतृत्व उपाध्यक्ष राजीव पराजुली तथा राप्रपाको नेतृत्व महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहरालगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।