१४ बैशाख २०८१, शुक्रबार
Follow Us

युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले चढाए ५०० किलोको ‘शिव लिङ्ग’

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७६, मंगलवार ०४:५७

लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरसट स्थित शिव मन्दिर भवनका लागि एउटै ढुंगाबाट बनेको सबैभन्दा ठूलो ५०० किलो बराबरको शिव लिङ्ग सहयोग प्रदान गरेका छन । समाजसेवा गर्न निकै रुची राख्ने स्वभाव भएका लामिछानेले मन्दिर भवनका लागि शिब लिङ्ग चढाएर सहयोग गरेका हुन । अब यस मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग रहने भएको छ।

लामिछानेले उक्त ५०० किलो बराबरको शिव लिङ्ग बेलायत स्थित नेपाली दुताबासमा एक कार्यक्रमका बीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी र शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अध्यक्ष रोहित कुमार गुरुङ लगायत समाजसेबी तथा बेलायतबासी श्रद्धालुहरुको रोहबरमा हस्तान्तरण गरेका हुन् ।

शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अनुसार अहिलेसम्म उपलब्ध सहयोगमध्ये यो सबैभन्दा ठुलो अनुदान हो । लामिछानेले यसअघि पनि बेलायत र नेपालमा शिक्षा तथा धार्मिक कार्यमा हजारौं पाउण्ड सहयोग गरिसक्नु भएको छ । सेन्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन ३ दिने वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल बाट श्रीमद्भागवत पुराण तथा वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचन समेत गरको थियो ।

ज्योतिष विज्ञान र पौराणिक कथा अनुसार शिव लिङ्ग विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा भक्तजनहरु भाकल गर्ने महादेवको दर्शनका लागि पनि आउने चलन छ ।