११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन जापानको प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा, ३ दर्जन सल्लाहकार चयन

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७६, मंगलवार ०५:०२

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको दोश्रो नियमित बैठक सम्पन्न भएको छ । बैठकले संरक्षक, मनोनित सदस्य तथा सल्लाहकार परिषद्मा विभिन्न व्यक्तित्वलाई मनोनित गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यसमितिमा मनोनित हुन बाँकी सदस्यहरुलाई सर्वसहमतिले मनोनित गर्नुका साथै संरक्षक परिषद र सल्लाहाकार समितिको पनि चयन गरेको हो ।

जसअनुसार संरक्षक परिषदको प्रमुख संरक्षकमा राजदूत प्रतिभा राणा, संरक्षकमा एनआरएनएका निवर्तमान केन्द्रीय अध्यक्ष भवन भट्ट, पूर्व केन्द्रीय अध्यक्ष देवमान हिराचनका साथै एनआरएनए जापानका पूर्वअध्यक्षहरु राजन प्रधानाङ्ग, रोशन केसी, ओम गुरुङ, पारसमणी पोखरेल, सुदन थापा र टासी वाङ्दी लामालाई चयन गरेको छ ।

एनआरएनए जापानको मनोनित सदस्यहरुमा रामकृष्ण श्रेष्ठ, श्याम खड्का, राम खड्का, सुरेश गिरी, रामहरी खपाङ्गी, निर्प बुढा र बिष्णु बानियालाई चयन गरिएको छ ।

त्यस्तै बैठकले सल्लाहकार परिषदमा किरण बिक्रम थापा, भुषण घिमिरे, कपिलदेव थापा, टंक गैरे, हवलचन्द्र लामा, राजेन्द्र जम्मरकट्टेल, बाबुराम भण्डारी, पदम सिंह ठगुन्ना, किरण बर्मा, बिजेश थकाली, बुद्धि गौचन, तेज अर्याल, नरेन्द्र बस्नेत ‘दिनेश’, मोहन घले, केशर गिरी, सिद्धार्थ श्रेष्ठ, दिलु खत्री, राजिब श्रेष्ठ, बेलुकाजी थापा, कृष्ण खनाल, शिवप्रसाद पौडेल, राजेन्द्र भट्टराई, नरबहादुर थापा, दीपक सुबेदी, रबिन शेरचन, माइकल गौचन, इन्दिरा सुजुकी, दिनेश गुरुङ, अरुण श्रेष्ठ, चिरिन्जीवी थापा, विकास श्रेष्ठ, छत्र दाहाल, आत्माराम गैरे, बिमल अधिकारी र द्रोण सिलवाललाई मनोनित गरिएको छ ।

विभाग गठन
सोही बैठकले विभिन्न १२ विभागको गठन गरेको छ । जसमा अनुशासन विभाग, आर्थिक र लेखा विभाग, कानुनी सल्लाहाकार बिभाग, सांँस्कृतिक, खेलकुद, युवा समन्वय तथा साहित्य बिभाग, श्रम, शिक्षा तथा परोपकार विभाग, क्षेत्र समन्वय व्यवस्थापन विभाग, शिप, ज्ञान, स्वास्थ्य र पोलिसी समन्वय विभाग, महिला तथा बालबालिका समन्वय विभाग, व्यापार, लगानी तथा नेपाल प्रबर्धन विभाग, सूचना तथा संघसंस्था समन्वय विभाग, प्राविधिक विभाग र विधान समिति गठन गरेको छ ।

हेल्प लाइनको सुरुवात
एनआरएनए जापानले जापानवासी नेपाली समुदायलाई आइपर्ने समस्याहरु सुन्ने र छिटो र छरितो सेवा तथा सल्लाह सुझावका लागि हेल्प लाइन सेवाको सुरुवात गरेको छ । अब एनआरएनए जापानसम्म आफ्ना गुनासा सुनाउनु परे, कुनै पनि जरुरी काम परे अथवा सल्लाह सुझाव दिनपरे NRNA HELP LINE ०८०-९७००-६०११ मा सम्पर्क गर्न सकिने जनाब्इएको छ । उक्त हेल्प लाइन सेवाको लागि उपाध्यक्ष नबिन निउरेलाइ जिम्मेवारी दिइएको छ ।

आचारसंहिता थप
बैठकले परिषदको आचारसंहितमा पारित हुन् बाँकी ५ औं बँुदा (केन्द्रीय समितिको अध्यक्षले अन्य कुनै पनी संघ संस्थाको प्रमुख कार्यकारी पदमा रहन पाउने छैन भने अन्यको हकमा राजनैतिक, जातिय वा धार्मिक संस्था बाहेक अन्य सस्थामा लागु हुनेछैन) लाई सर्वसहमतिले पारित गरेको छ । त्यस्तै आचारसंहितामा अर्काे एक बुँदा थप गरेको छ, जसमा ‘राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, सदस्य र सल्लाहकारले संस्थालाई अहित हुने खालका अभिव्यक्तिहरु सामाजिक संजाल अथवा अन्य कुनै माध्यममार्फत दिइएको पाइएमा र प्रमाणित भएमा परिषदले निलम्बन गर्न सक्ने छ ।’ भन्ने थप गरिएको हो ।

अन्य निर्णयहरु
एनआरएनए जापान युवा नेतृत्व पुरस्कारको JAPAN YOUTH LEADERSHIP AWARDS सुरुवात गर्ने, विभिन्न क्षेत्रका बिज्ञहरुको सहभागीतामा ‘एनआरएनए जापान सम्मेलन’ को आयोजना गर्ने, २०२० जुन, २० र २१ मा नेपाल फेस्टिवलको आयोजना गर्ने, शिक्षा, स्वास्थ्य तथा सुरक्षा सम्बन्धि क्षेत्रमा जनचेतनामुलक कार्यक्रमा जोड दिने, भ्रमण वर्ष २०२० सफल पार्नको निम्ति दूतावाससँग छलफल गरी छिट्टै नै मुल आयोजक समिति बनाउने लगायतका निर्णयहरु पनि उक्त बैठकले गरेको छ ।

बैठकमा एनआरएनए आइसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, एशीया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ ‘गोबिन्द’, युवा संयोजक दीपक कंडेल, सदस्य ददिवाल खड्काको पनि उपस्थित रहेको थियो ।