१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, रगतमा संक्रमणको खतरा

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७६, मंगलवार १७:०६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उनलाई भेन्टिलेटरमा राखिएको हो।

एपेन्डिक्स फुटेर पेट दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए।

प्रधानमन्त्रीलाई पेरिटोनिटिस भएपछि चिकित्सकहरूको टोलीले निरन्तर निगारानीमा राखेका छन्। पेरिटोनिटिस भएपछि सास फेर्न गाह्रो हुन्छ।
डाक्टर रमेशसिंह भण्डारी र प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा व्यापक संक्रमण (पेरिटोनिटिस) भएको सेतोपाटीमा समाचार छ।

पेटमा भएको संक्रमण रगतमा पुगेको खण्डमा त्यसले थप जोखिम निम्त्याउने चिकित्सकहरूले बताएका छन्। रगतमा संक्रमण पुगेको अवस्थामा त्यसले शरीरका विभिन्न अंगहरू ‘फेल’ हुने सम्म हुनसक्छ।

प्रधानमन्त्रीको स्वास्थ्य अहिले स्थिर देखिएको छ। त्यसैले, रगतमा संक्रमण भइनसकेको हाम्रो आशा छ,’ उच्च स्रोतले भन्यो, ‘रगतमा संक्रमण भए नभएको यकिन हुन केही समय लाग्छ।’

बुधबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार आए रगतमा संक्रमणको डर कम हुने उनले बताए।