७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशी जेलमा ४ सय ४५ नेपाली

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७६, मंगलवार १७:०९

काठमाण्डौ । रोजगारीका लागि विदेश गएका ५ सय ४५ नेपाली युवाहरु जेलमा छन् । कतिपयलाई त मृत्युदण्डको सजायँ सुनाइएको छ । विभिन्न अपराधमा संलग्न युवाहरु सम्बन्धितको कानुनी फन्दामा परेका हुन् । कतिपयले जानेरै अपराध गरेका छन् भने कतिपयले आफू रहेको मुलुकको कानुन नजान्दा जेलमा पुग्नु परेको छ ।

वैदेशिक रोजगारी नेपाली युवाहरुको लागि अवसर र अभिषाप दुवै बनेको छ । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको हिस्सा २९ प्रतिशत छ । सरकारका अनुसार करिब ४५ लाख नेपाली कामदार विभिन्न देशमा कार्यरत छन् । भारतमा काम गरिरहेका नेपालीको आधिकारिक तथ्यांक भने सरकारसँग छैन ।

वैदेशिक रोजागारीकै क्रममा घाइते, मृत्यु तथा अंगभंग हुने र कानुनी समस्यामा बेहोर्ने प्रशस्त छन् । नेपालमा दैनिक सरदर ३ नेपाली कामदारको शव विदेशबाट आउने गरेको छ । यसबाहेक विभिन्न अपराधमा संलग्न भएका कारण विदेशका जेल जीवन बिताइरहेका नेपालीहरुको संख्या ६ सय पुग्न लागेको छ । हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा नेपालीहरु विदेशी जेलमा पुगेका छन् ।

सम्बन्धित मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय भने परिबन्ध अर्थात स–साना गल्ती, अझ भनौँ सम्बन्धित देशको कानुन नबुझेका कारण फस्ने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् ।

बोर्डकाअनुसार सबैभन्दा बढी मलेसियाको जेलमा २०५ जना नेपाली जेलमा छन् । त्यसैगरी युएइमा १ सय ८५ जना नेपाली जेलमा छन् । कुवेतमा ५८ जना, कतारमा ३५ जना, साउदी अरव जोद्धामा ३१ र साउदी अरबमा रियादमा २३ जना रहेका छन् । त्यसैगरी बहराइनमा ५ र ओमानमा ३ जना नेपाली जेल जिवन विताइरहेका छन् ।

जेलमा रहेकामध्ये केही ब्लड मनी तिर्न नसकेर नेपाल फर्किन पाएका छैनन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । नेपाल फर्किन मिल्नेहरुको पनि कागजात नमिलेर, भिसाको म्याद सकिएको जस्ता कारणले जेलमै रहेको सुवेदी बताउँछन् । सम्बन्धित देशको कानुनअनुसार सजायँ पाएकाले नेपाल सरकारले फिर्ता ल्याउन नसक्ने सुवेदी बताउँछन् ।

पछिल्लो समय बैदेशिक रोजगारमा गएका अधिकाश नेपाली युवा, युवती डिप्रेशनको सिकार भएको तथ्याङ बैदेशिक रोजगार बोडले जनाएको छ । धेरैजसो केरियामा बस्ने नेपालीहरु डिप्रसनको सिकार भएका छन् । यसरी विदेशका जेलमा रहेकाहरुलाई नेपाल ल्याउन सरकारी तहबाटै पहल गर्नुपर्ने देखिन्छ । यद्यपी गम्भीर अपराध गरेकाहरुलाई भने सजायँ दिलाउनु नै उचित देखिन्छ