१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपालका क्यान्सर पिडित बच्चाहरुको लागि लिभरपूलमा च्यारिटी

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७६, मंगलवार २१:५३

लिभरपूल । लिभरपूल नर्थवेस्ट नेपाली समाजले नेपालका क्यान्सर पिडित बच्चाहरुको सहयोगको लागि एक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ। नेपालको कान्ति बाल अस्पताल लाई निरन्तर सहयोग गर्दै आएको संस्था ‘So The Child May Live’ लाई सहयोग गर्न समाजले आइतवार सो कार्यक्रम आयोजना गरेको हो ।
सो संस्था लिभरपूलमा रहेको Alder Hey बाल अस्पताका नर्सको सक्रियतामा स्थापना भएको हो । संस्थाले यो बर्ष नेपालका क्यान्सर पीड़ित बालबालिकाहरुको मृत्यु दर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारको लागि आर्थिक संकलन अभियान शुरू गरेको हो । च्यारिटीबाट उठेको रकम बेलायत सरकारले दोब्बर गरीदिनेछ ।

लिभरपूल र वरिपरी रहेका नेपाललाई माया गर्ने बेलायती तथा भारतिय नागरिकहरुको उल्लेखनिय उपस्थिति गरेको उक्त कार्यक्रममा नेपाली व्यवसायीहरुले समेत आर्थिक सहयोग गरेका थिए । एनआरएनए युके, हेल्थ एक्चेञ्च नेपाल, नेपालीज डाक्टर एसोसिएसनबाट समेत सहयोग प्राप्त भएको थियो।
कार्यक्रममा स्थानीय कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए। लिवरपूल नर्थवेस्ट नेपाली समाजका निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार डा। शम्भू आचार्यले समग्र कार्यक्रमको संयोजन गर्नु भएको थियो । डा आचार्यले सोचेको भन्दा बढ़ी आर्थिक संकलन भएको बताए । सहयोग संकलन २१ जनवरी २०२० सम्म जारी रहने छ ।

कार्यक्रममा समाजका अध्यक्ष देउमान इजमले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको अन्त्यमा समाजका सचिव शिवराज पन्तले सबैलाई धन्यवाद ज्ञापन गरे ।

समाजले बेलायत स्थित सम्पूर्ण संघ संस्थाहरुलाई सहयोग गर्न आव्हान गरेको छ ।

सहयोग यस लिंकबाट गर्न सकिनेछ

– https://uk।virginmoneygiving।com/donation-web/charity?charityId=1010965&stop_mobi=yes


So The Child May Live  अभियानको छोटो परिचय :

https://www।youtube।com/watch?v=ZB8BSoHcfmc&feature=youtu।be
https://youtu।be/ZB8BSoHcfmc