१३ बैशाख २०८१, बिहीबार
Follow Us

जलेश्वरमा जीप र मोटरसाईकल ठोकिँदा तीन जना घाईते

sarusaru
११ मंसिर २०७६, बुधबार ०४:३९

म्याग्दीको नगरपालिका–६ जलेश्वरमा मंगलवार यात्रुबहाक जीप र मोटरसाईटल ठोक्किँदा तीन जना घाईते भएका छन् । गलेश्वरदेखी बेनी बजारका लागि छुटेकोे ध१च २३५ नम्बरको बोलेरो जिप र बेनी बजारदेखी गलेश्वर जाँदै गरेको ध१प ३५४९ नम्बरको भिआर मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकलमा सवार रघुगंगा गाउँपालिका– ६ पाखापानीका २३ बर्षीय सन्तोष थजाली गम्भिर घाईते भएका छन् । अरु दुईजना सामान्य घाईते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका बैकुण्ठ पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाईकलामा थजाली, अम्मर पाईजा र मनी पुर्जा सवार रहेका थिए । घाईते भएका थजालीको टाउकोमा चोट लागेको छ । उनको जिल्ला अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा पठाईएको अस्पतालले जनाएको छ । अरु दुई जनाको भने जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको छ ।
जनमञ्च