१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतबिरुद्ध एनआरएन युकेले लण्डनमा प्रर्दशन गर्ने

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७६, बुधबार १५:३३

लण्डन । भारतले हालै जारी गरेको नक्समा लिपुलेक, लिम्पियाधुरा ,कालापानी लगायत नपालको बिभिन्न स्थानको भूभाग आफ्नो नक्सामा पारी एकतर्फी सिमा नक्सा सार्वजानिक गरेको विरोधमा लण्डनमा प्रर्दशन हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आयोजनामा आगामी सोमवार लण्डनस्थित भारतीय दुताबास आगाडि शान्तीपूर्ण बिरोध प्रदर्शन गर्ने तयारी गरिएको हो ।

सो विरोध कार्यक्रमलाई सफल पार्न सहयोगका लागि बेलायत स्थित सम्पूर्ण नेपाली संघ संस्था, पत्रकार, वकिल, प्राध्यापक, बुद्दिजिवी, नागरीक समाजका अगुवा, सामाजिक अभियन्ता, पूर्ब गोर्खाज तथा सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई आग्रह गरिएको छ ।

२ डिसेम्वर (सोमवार) दिउँसो १२ बजे देखी सुरु हुने सो विरोध कार्यक्रममा उपस्थितीको लागि बेलायतमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई विशेषत आफु मातहतको निकायलाई परिचालन गर्दै ब्यापक सहभागिता जनाउन अनुरोध गरिएको संघका महासचिव फडिन्द्र भट्टराईले जनाए ।