६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली हिँड्न थाले, ट्वीटर ह्याण्डलमार्फत भने ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ’

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७६, बिहीबार ०७:५८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार एपेन्डिसाईटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। बिहीबार बिहान अस्पतालका चिकित्सक अरुण सायमीले प्रधानमन्त्री ओली सामान्य हिडन र खाना खान सक्ने भएको जानकारी दिए। उनले प्रधानमन्त्री ओलीलाई अझै सघन उपचार कक्षमा नै राखिएको पनि बताए।

प्रधानमन्त्री ओलीले पनि बिहीबार बिहानै ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए। प्रधानमन्त्री ओलीको उपचारमा चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतको टिम रहेको छ।