१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अश्लील भिडियो प्रेमिकाको परिवारलाई पठाउने नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७६, बिहीबार ०८:०३

काठमाडौं। अस्ट्रेलियाको एडिलेडमा विद्यार्थी भिसामा बसिरहेका एक नेपाली युवकलाई अस्ट्रेलियाको प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नी पूर्वप्रेमिकाको अश्लील फोटो तथा भिडियो उनका परिवारलाई पठाएको आरोपमा पक्राउ गरिएको हो । यो अस्ट्रेलियाको इतिहासकै पहिलो ‘सेक्सटोर्सन’ केस भएको डेलिमेलको समाचारमा उल्लेख छ ।

२५ वर्षका यी युवालाई उनको निवासबाटै बुधबार पक्राउ गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ । बिहीबार उनलाई एडिलेड मनिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । कानुनी कारणले उनको पहिचान खुलाइएको छैन । सरकारी वकिलले उनलाई कुनै प्रकारको जमानत दिन नहुने दावी गरेका थिए र अदालतले उनलाई पुलिस हिरासतमै राख्न आदेश दिएको छ । उनको अर्को सुनुवाइ अर्को महिना हुनेछ ।