११ बैशाख २०८१, मंगलवार
Follow Us

अष्ट्रेलियामा २५ नेपाली जेलमा

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७६, बिहीबार २२:४१

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइ अष्ट्रेलिया बन्ने गरेको छ । विस्तारै अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा अपराधका घटनामा नेपालीहरुको संलग्नता पनि देखिन थालेको छ । विभिन्न अपराधमा अष्ट्रेलियाको जेलमा २५ जनाभन्दा बढी नेपालीहरु रहेको बताइएको छ ।
उनीहरुलाई विभिन्न अभियोगमा पुर्पक्षका लागि पक्राउ गरेका छन् भने कोही सजाय काटी रहेका छन् ।

कोही जघन्य अपराधमा सजाय काटिरहेका छन् भने कोही आफ्नै लापरबाहीका कारण जेल सजाय भोगिरहेका छन् । सन्तोष गौतम हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमतीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै अन्य धेरै जना अपराधका कारण अष्ट्रेलियाको जेलमा सजाय काटिरहेका छन्