४ बैशाख २०८१, मंगलवार
Follow Us

कसरी छनोट हुन्छन् एनआरएनए मनोनित सदस्य ?


१२ मंसिर २०७६, बिहीबार २३:०५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विद्यान अनुरुप २१ जना कार्यसमिति सदस्यको मनोनयन हुदैंछ । संघले विश्वभर छरिएका आफ्ना शाखाबाट ७ महिला १४ पुरुषलाई केन्द्रीय समितिमा ल्याउने तयारी गरेको हो ।

संघलाई आवश्यक परेमा विश्वभरबाट विशेषज्ञताका आधारमा मनोनयनमा पर्ने छन् । संघको मनोनयन सम्वन्धि नियमावलीले विज्ञहरुको आवश्यकता अनुसार भौगोलिक क्षेत्रबाट कति जना सदस्य रहने भन्ने निर्णय गर्ने व्यवस्था गरेको छ ।

कुनै उम्मेदवारको झोला बोकेको वा अध्यक्ष र पदाधिकारी नजिक रहेर चिनजान सम्पर्कको आधारमा हुने मनोनयनलाई नियमावलीले अस्वीकार गरेको छ । गत निर्वाचनमा पराजित उम्मेदवार मनोनयनमा पर्ने छैनन् । यस्तै संघको नियमावली अनुरुप क्षेत्रीय संयोजकको सिफारीसलाई सुझावको रुपमा ग्रहण गर्न सकिने व्यवस्था गरिएको छ । क्षेत्रीय संयोजकबाट आएको रायलाई संघले अस्वीकार गर्न सक्ने प्रावधान समेत नियमावलीमा उल्लेख छ ।

संघको १५ डिसेम्वरमा हुने केन्द्रीय समितिको बैठकले केही सदस्यको मनोनयन गर्ने अपेक्षा गरिएको छ ।

हेरौं संघको आइसीसी सदस्य मनोनयन सम्वन्धमा गरिएको व्यवस्था