१५ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनको लर्ड्स क्रिकेट मैदानमा फेरि नेपालले खेल्ने

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७६, शुक्रबार ०४:५९

लण्डन । लण्डनको लर्ड्स क्रिकेट मैदानमा नेपालले आउँदो वर्ष पनि खेल्ने भएको छ । विश्वविख्यात यस क्रिकेट मैदानमा यसअघि दुई पटक खेलिसकेको नेपालले आफ्नो तेस्रो लर्ड्स यात्रा सन् २०२० को अगस्टमा गर्ने भएको हो ।

नेपालले अगस्ट २४ तारिख सोमबारका दिन बेलायतको मेर्लिबोन क्रिकेट क्लब (एमसिसी) संग एकदिवसीय खेल खेल्ने तालिका लर्ड्सले सार्वजनिक गरेको छ । हालै मात्रै एमसिसीको टोलीले नेपालको भ्रमण गरेको थियो ।

यसअघि नेपालले पहिलोपटक सन् २०१६ मा लर्ड्स मैदानमा एमसिसीसंगै खेलेको थियो ।

दोस्रोपटक सन् २०१८ मा नेपालले लर्ड्समा एमसिसी र नेदरल्याण्डसंग त्रिकोणात्मक टि ट्वान्टी खेल्ने अवसर पाएको थियो ।
विश्व क्रिकेटमै प्रतिष्ठित लर्ड्स मैदानमा खेलिने खेललाई नेपाली टोलीले अवसरका रुपमा लिने गरेको छ ।

पहिलोपटक नेपालले लर्ड्समा खेल्दा नेपाली खेलाडीको हौसला बढाउनका लागि बेलायतबासी हजारौं नेपाली उपस्थित भएका थिए ।