८ बैशाख २०८१, शनिबार
Follow Us

लण्डनमा आतंककारी हमला, २ को मृत्यु, यसरी मारिए आतंककारी (भिडियो)


१३ मंसिर २०७६, शुक्रबार १९:५५

लण्डन। लण्डन ब्रिजमा शुक्रवार दिउँसो भएको घटनामा २ जनाको मृत्यु र केही व्यक्ति घाइते भएको प्रहरीले बताएको छ।

मेट्रोपोलिटन प्रहरीले उक्त पुल नजिकैको परिसरमा स्थानीय समय दिउसोको २ बजे लाग्दा चक्कु प्रहारको घटना भएको भन्दै आफूहरूलाई बोलाइएको बताएको छ।

प्रहरीले उक्त पुरुषलाई घट्ना स्थलमा गोली हानेर मारेको थियो । लण्डनको एम्बुलेन्स सेवाले ठूलो घटना भएको बताएको थियो। लण्डन ब्रिजलाई प्रहरीले बन्द गराइदिएका छन्।

प्रहरीले सो घट्नालाई आतंकारी भएको पुष्टि गरेको छ । प्रहरीले लण्डन ब्रिज आइतवार सम्म बन्द रहने वताएको छ । घट्नाको खबर सुने पछि आम निर्वाचनको लागि आफ्नो क्षेत्रमा पुगेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन प्रधानमन्त्रीको कार्यालय फर्केका थिए । सो घट्नालाई विश्वभरका नेताहरुले समेत निन्दा गरेका छन् ।