११ बैशाख २०८१, मंगलवार
Follow Us

काँग्रेस नेता पौडेल मध्यतराईको भ्रमणमा

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार ०७:४२

हेटौँडा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको कार्यमा नेपाली काँगे्रसले अग्रसरता लिने बताउनुभएको छ । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले आफ्नो दलले मधेसवादी लगायतका दलहरुसँग समझदारी बनाएर संविधान संशोधन र निर्वाचनका लागि सहज वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह दृढता प्रकट गर्नुभयोे ।

नेकाभित्र नेता र कार्यकर्ताबीच नेतृत्वको प्रतिस्पर्धा भन्दा पनि अन्य दलसँग पार्टीको प्रतिस्पर्धा रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले पार्टीद्वारा सञ्चालित इन्टरनेट वेबसाइटको पनि शुभारम्भ गर्नुभयो ।

काँग्रेस नेता शोभाकर पराजुली र सांसद इन्द्रबहादुर बानियाले मुलुकको प्रजातन्त्र र राष्ट्रिय अखण्डतामा आँच नपुग्ने गरी मधेसी जनताको बृहत्तर हितमा संविधान संशोधन हुनुपर्ने धारणा प्रकट गर्नुभयो ।