१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गैरआवासीय नेपाली अस्मिता आले इंग्लिस क्लबमा (भिडियो)


१३ मंसिर २०७६, शुक्रबार २०:०५

लण्डन। गैरआवासीय नेपाली अस्मिता आलेले इंग्लिस क्लब आस्टनभिल्लासँग व्यवसायिक सम्झौता गरेकी छन् । यससँगै १८ वर्षीया आले आस्टन भिल्लाको महिला टिमकी सदस्य बनेकी छन् ।

उनी ८ वर्षको उमेरमा भिल्लामा आवद्ध भएकी थिइन् । उनले भनिन्, ‘व्यवसायिक रुपमा फुटबल खेल्ने मेरो सपना हो र यो क्लबमा रहँदा म खुसी छु ।’

डिफेण्डरको भूमिकामा खेल्ने आलेले इंग्ल्याण्डको उमेर समूहबाट समेत खेलिसकेकी छन् । सन् २०१७÷१८ को सिजनका क्रममा पहिलो टिममा आवद्ध भएयता उनले व्यवस्थापन, खेलाडी तथा समर्थकहरुको मन जित्न सफल भएकी थिइन् । टिमकी प्रमुख प्रशिक्षक गेम्मा डेभिस भविष्यमा आलेले टिमका लागि ठूलो योगदान दिन सक्ने बताउँछिन् ।

उनले भनिन्, ‘अस्मिताले आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् । अहिले उनी आफ्नो करिअरको सुरुवातमै छिन् र मलाई लाग्छ कि उनीसँग पर्याप्त सम्भावना छ ।’