१२ बैशाख २०८१, बुधबार
Follow Us

लन्डन ब्रिजमा आतंककारी हमला, ३ को मृत्यु, ३ गम्भीर घाइते

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७६, शनिबार ०३:२३

लन्डन । लन्डन ब्रिजमा गए राति आतंककारी आक्रमण भएको छ । आतंककारीले छुरा प्रहार गरेर दुईजनाको हत्या गरेको छ भने अन्य तीनजना गम्भीर घाइत भएका छन् । सन्दिग्धमाथि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणकारी २८ वर्षीया उस्मा खान भएको पहिचान भइसकेको छ ।

लन्डन ब्रिजमा यो घटना भएकै समयमा नेदरल्यान्डको द हेगमा यस्तै प्रकृतिको घटना भएको थियो । त्यहाँ एउटा डिपार्टमेन्ट स्टोरमा एक व्यक्तिले छुरा प्रहार गरेर कम्तीमा ३ जनाको हत्या गरेको थियो । प्रहरीका अनुसार आक्रमणकारी फरार छन् । ४०(४५ वर्षका ती आक्रमणकारीको प्रहरीले खोजी गरिरहेको छ ।

लन्डन ब्रिजमा भएको घटनालाई लन्डन महानगर प्रहरीले आतंककारी आक्रमण भनेको छ । प्रहरीका अनुसार आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो । उसले फर्जी विस्फोटक ज्याकेट लगाएको थियो । महानगर प्रहरी प्रमुख क्रेसिडा डिकले घटनापछि संवाददाताहरुलाई भने छुरा प्रहार गर्ने घटना सबैभन्दा पहिला फिसमान्गर होलमा भएको थियो । घटनाबारे खबर प्राप्त भएको ५ मिनेटभित्रमा प्रहरी घटनास्थलमा आइपुगेका थिए । प्रहरी प्रमुख क्रेसिडा डिकले भने, घटनामा अन्य व्यक्ति पनि संलग्न थिए कि थिएनन भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।