८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल र भुटानको भारु साट्न समिति गठन

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार ०७:४५

काठमाडौं । नेपालको भारतीय रुपैया समस्या समाधान गर्न भारतले समिति गठन गरेको छ । नेपाल र भुटानमा रहेको भारतीय प्रतिबन्धित नोटलाई सम्बोधन गर्न भारत सरकारले समिति गठन गरेको हो । समितिले नेपाल र भुटानमा रहेको भारतीय प्रतिबन्धित ५ सय र हजारको नोट साट्ने विषयमा निर्णय लिने छ । भारतीय रिजर्व बैंकका गभर्नर उरजित पटेलसँगको कुराकानीमा पटेलले समिति गठन गरेको जानकारी दिएको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवि नेपालले बताउनुभयो । भारत सरकारले गठन गरेको यस समितिमा भारतीय रिजर्व बैंकका प्रतिनिधि पनि सामेल रहेका छन् ।