१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डन दूतावासमा मिस नेपाल अनुष्का श्रेष्ठ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७६, शनिबार २२:३२

लण्डन । बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड २०१९’ मा सहभागी हुन लागेकी ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठलाई नेपाली दूतावास लण्डनले स्वागत गरेको छ ।
वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको निमन्त्रणामा शनिवार नेपाली दूतावास पुगेकी श्रेष्ठ ‘मिस वर्ल्ड २०१९’मा आफ्नो प्रस्तुति र नेपाल भ्रमण वर्ष २०२० को बारेमा छलफल गरेकी थिइन् । श्रेष्ठको स्वागतको लागि राजदूत डा. सुवेदी, नेपाली दुतावास लण्डनका कर्मचारी लगायतको उपस्थिती थियो ।


‘मिस वर्ल्ड २०१९’मा उत्कृष्ट प्रस्तुति दिने तयारी गरिरहेकी श्रेष्ठले आफ्नो प्रस्तुतिसँगै भोट जरुरी रहेकाले सबैको साथ चाहिएको बताएकी थिइन् । ‘मल्टिमिडिया अवार्ड’ मा सर्वाधिक भोट पाउने प्रतियोगी सोझै उत्कृष्ट २० मा पुग्नेछन् । यसका लागि अनुष्काले भोटको अपिल गरेकी हुन् ।

उनलाई भोट गर्नका लागि अफिसियल भोटिङ एप मोबस्टार डाउनलोड गरी उनका पोस्टहरुमा लाइक गर्नुपर्ने हुन्छ ।

उत्कृष्ट २० मा ‘मल्टिमिडिया’ अवार्डबाट पुग्न सकेको खण्डमा त्यो भन्दा अगाडि पुग्नका लागि पनि योजना बनाएकी छिन् । देशको प्रतिनिधित्व गर्ने भएकाले सबैले साथ दिन अनुरोध गरेकी छिन् ।


Photo: Production III