१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्व पत्रकार न्यौपानेप्रति श्रद्धासुमन

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार ११:५७

काठमाडौं । नेपालको आर्थिक पत्रकारिताको उन्नयनमा योगदान पु-याउनुभएका पत्रकार सञ्जय न्यौपानेप्रति भावभूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज यहाँ आयोजना गरेको शोकसभामा सहभागी पत्रकारले स्व न्यौपानेको स्मरण गर्दै उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदान चर्चा गर्नुभयो ।

उहाँको स्मरण गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्व न्यौपाने लगनशील एवम् नेपालको होनहार आर्थिक पत्रकार भएको स्मरण गर्नुभयो ।

त्यसैगरी सेजन अध्यक्ष गोकर्ण अवस्थीले आर्थिक पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनुभएको चर्चा गर्दै स्व न्यौपानैप्रति श्रद्धाञ्जलि र उहाँको परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

वरिष्ठ पत्रकार एवम् सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितामा फराकिलो ज्ञान हासिल गर्नुभएका स्व न्यौपाने सधँै स्मरणीय रहनुहुने विचार व्यक्त गर्नु भयो ।
पत्रकार न्यौपानेको ४५ वर्षको उमेरमा स्नायु प्रणालीसम्बन्धी समस्याका कारण कात्तिक १९ गते निधन भएको थियो । उहाँ नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वउपाध्यक्ष समेत हुनुहुन्थ्यो ।
ललितपुर, गोदावरी नगरपालिका–८, बडिखेल निवासी स्वर्गीय न्यौपानेका बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छिन् ।