४ बैशाख २०८१, मंगलवार
Follow Us

तेह्रौं सागको भव्य उद्घाटन

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७६, आईतवार १३:४६

काठमाडौँ । नेपालमा आयोजित १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को दशरथ रङ्गशालामा उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजित भव्य समारोहबीच उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्द बहादर पुन, खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा लगायत तथा अन्य मन्त्रीहरुको उपस्थित रहेको थियो।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने बताएका छन्।

सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ।

१३औँ सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ।