१५ बैशाख २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपालीद्धारा स्विडेनको भारतीय दूतावास घेराउ

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७६, आईतवार १३:५१

स्विेडन। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि स्विडेनमा रहेका नेपालीले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन्।

नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि उनीहरूले भारतीय दूतावास घेराउ गर्दै सीमा अतिक्रमणको विरोध गरेका हुन्।

विरोध प्रदर्शनमा स्विडेनस्थित गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनकारीले हातमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो,’ नेपाललाई गरिने हस्तक्षेप बन्द गर ! जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले दूतावास अगाडि भारतका विरुद्धमा व्यापक नाराबाजी पनि गरेका थिए।

सीमा अतिक्रमणको विरोधमा प्रदर्शनकारीले रादूतावास घेराउ गर्दे केहिसमय धर्नासमेत बसेका थिए। उनीहरुले दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापानपत्र पठाउने प्रयास गरेका थिए । तर, दूतावासले भित्र पस्ने अनुमति नदिएपछि प्रदर्शनकारीले पोस्ट र ईमेल मार्फत ज्ञापनपत्र बुझाएको एनआरएनए स्विडेनको अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।