७ बैशाख २०८१, शुक्रबार
Follow Us

१२ बजे लण्डनस्थित भारतीय दुतावासमा भेला हुन एनआरएन युकेको आग्रह

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७६, आईतवार १३:५७

लन्डन । छिमेकी मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखी सार्वजनिक गरेको 
विरोधमा लन्डनमा प्रदर्शन हुने भएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतले लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि विशाल प्रदर्शन तयारी गरेको हो ।

भोलि (सोमबार) १२.३० देखि १.०० बजेसम्म विरोध प्रदर्शन गर्न लागिएको एनआरएनए यूकेले जनाएको छ ।

गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन तयारी गरेको अध्यक्ष पुनम गुरुङले जनाइन् ।

एनआरएनए युकेले बेलायतवासी समस्त नेपालीलाई प्रदर्शनमा सहभागी भई सीमा समस्या समाधानका लागि दवाव दिन अनुरोध गरेको छ ।

यसअघि गैरआवासीय नेपाली संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत भारतीय दुतावास अघि प्रर्दशन गर्न निर्देशन दिएको थियो । हाल सम्म १ दर्जन भन्दा बढी देशले प्रदर्शन गरि सकेका छन् ।