७ बैशाख २०८१, शुक्रबार
Follow Us

धरान : झण्डै ५० हजार मत गनिसक्दा कांग्रेसको फराकिलो अग्रता

sarusaru
१६ मंसिर २०७६, सोमबार ०४:२४

काठमाडौँ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ। झण्डै ५० हजार मत गनिसक्दा कांग्रेसले १६ सय ३७ मतले अग्रता बढाएको छ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार कांग्रेसका तिलक राईले २४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले मत २३ हजार १४ मत पाएका छन् ।

विस २०४८ सालको निर्वाचन यता धरानमा कांग्रेस विजयी हुन सकेको छैन ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। काँग्रेसले लगातार अग्रता बढाएपछि काँग्रेस कार्यकर्ताहरु मतगणनास्थलमा नाचिरहेका छन्। ५५ हजार मत खसेको धरानमा करिब ५० हजार मतगणना भइसकेको छ।
डिसी नेपाल