७ बैशाख २०८१, शुक्रबार
Follow Us

सागमा नेपालले जित्यो तेस्रो स्वर्ण

sarusaru
१६ मंसिर २०७६, सोमबार ०७:०९

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।
अनलाइनखबर