१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुनचाँदीको मूल्य घट्यो

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७६, सोमबार ०७:५३

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७१ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७१ हजार १०० मा कारोबार भएको छ ।
यस्तै गरी चाँदी पनि रु ५ ले घटेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।