१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनस्थित भारतीय दुतावास अगाडी नेपालीको प्रदर्शन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७६, सोमबार १५:४८

चिरन शर्मा

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नेतृत्वमा बेलायतस्थित नेपाली समुदायले भारतविरुद्ध लन्डनमा प्रदर्शन गरेका छन्। नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि त्यसका विरोधमा नेपाली समुदायले लन्डनमा प्रदर्शन गरेका हुन्।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटर बनाइएको नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्नेलगायतका माग राखेर सोमबार लन्डनस्थित भारतीय दुतावास अगाडी नेपाली समुदायले प्रदर्शन गरे।

प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर् लगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए। प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभागमा भएको भारतीय ज्यादतीको विरोध गरेका थिए। विरोध प्रदर्शनमा बेलायतका शहरबाट जम्मा भएका नेपालीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति थियो।

प्रदर्शनीपछि बेलायतवासी नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष बुझाएको थिए।

पत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत् सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ। विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ।