१५ चैत्र २०८०, बिहीबार
Follow Us

सागमा नेपालले जित्यो १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७६, सोमबार १६:०६

काठमाडौँ। दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक प्राप्त गरेको छ ।
यसैगरी भारतले ३ स्वर्णसहित ८ रजत र ३ कास्य गरी १४ पदक प्राप्त गरेको छ ।
यस्तै श्रीलंकाले ३ स्वर्ण, ३ रतज र १४ कास्य गरी २४ पदक हासिल गरेको छ भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७कास्यसहित १३ पदक प्राप्त गरेको छ ।
यसैगरी बंगलादेशले २ स्वर्ण र १६ कास्यसहित १८ पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ ।
यता माल्दिभ्स भने हालसम्म पदकबिहीन बनेको छ ।