१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतवासीले सम्झिए हिमालयन ब्याण्डका तेन्जिंग

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७६, सोमबार २०:५७

दिनेश कुमार परियार । शनिवार बेलायतको ब्राक्नेल शहरमा हिमालयन ब्याण्डका चर्चीत गायक स्वर्गीय नोर्देन तेन्जिंग भुटियाको सम्झनामा एक कार्यक्रम आयोजना गरियो । ब्राक्नेल र अल्डरशटमा बसोवास गर्ने समकालीन साथिहरु र आफन्तहरुको प्रयाशमा कलाकार नोर्देनलाई सम्झिन कार्यक्रम गरेको कार्यक्रम संयोजक कल्याण गुरुंगले जनाए ।

ट्रिब्युट टु तेन्जिंग नाम दिएको यस कार्यक्रममा स्वर्गीय तेन्जिंगको तस्वीरमा ब्राक्नेल नेपाली सोसाईटीका अध्यक्ष कमला राई र फ्रान्सिस राईले खादा चढाएका थिए भने अरुण क्षेत्री र कल्याण गुरुंगले संयुक्त रुपमा मैनबत्ति प्रज्वलन गरेका थिए ।

कलाकार तेन्जिंगका समकालीन साथि अरुण क्षेत्रीले उनको जीवनीमाथि प्रकाश पारेका थिए । ब्राक्नेल नेपाली सोसाईटीका पुर्व अध्यक्ष बिनोद अधिकारी , सिरी गुरुंग र केरन लिम्वुले पनि कलाकार तेन्जिंगको संगितिक यात्राको बारेमा उल्लेख गरे ।