११ बैशाख २०८१, मंगलवार
Follow Us

यूरोप कांग्रेसको भेला डिसेम्वर ११ मा जर्मनीमा हुने

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार १३:१०

लन्डन । नेपाली काँग्रेसको यूरोपस्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति यूरोपको क्षेत्रिय भेला जर्मनीको फ्रयाङफोर्डमा हुने भएको छ । समितिका संस्थापक अध्यक्ष दिल गुरुङका अनुसार समितिले आफ्नो १० औं स्थापना दिवस मनाउने उदेश्यले उक्त भेलाको आयोजना गर्न लागेको हो ।

आगामी डिसेम्बर ११ र १२ तारीख हुने सो भेलामा युरोप स्तरीय कार्यकर्ता भेटघाट तथा संगठनको आन्तरिक व्यवस्थापनका बारे समिक्षा गरिने गुरुङले बताए ।

युरोप महादेश भित्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधि महासमिती सदस्य, जनसम्पर्क समितिका बर्तमान तथा पुर्बअध्यक्षहरु, जनसम्पर्क समिति युरोपका सम्पुर्ण पदाधिकारीहरुलाई समेत आमन्त्रण गरिएको महामन्त्री गंगाधार गौतमले जनाए ।

तत्कालीन पार्टी सभापति गिरीजा प्रसाद कोइरालाले पार्टीको युरोपस्तरिय सन्जाल विस्तार गर्न गुरुङलाई संयोजकको जिम्मा लगाएका थिए । हाल यूरोपका करिब १ दर्जन देशमा नेपाली कांग्रेसले आफ्नो सन्जाल विस्तार गरिसको छ ।